वीरगञ्ज : स्रोत नखुलेको साढे १० लाख रुपैयाँसहित २ जना पक्राउ


वीरगञ्ज : स्रोत नखुलेको १० लाख ६३ हजार ६२० नेपाली रुपैयाँ र १ हजार ६ सय भारुसहित पर्सा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

हुण्डी कारोबारमा संलग्न भएको आरोपमा प्रहरीले भारत बिहार पश्चिम चम्पारण ईनर्वा बस्ने ४५ वर्षीय बृजकिशोर गिरी र पर्साको धोविनी गाउँपालिका २ गुलरिया बस्ने ५० वर्षीय रामपुकार पटेललाई पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय जानकीटोलबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्नेक्रममा पर्साको जगरनाथपुर गाउँपालिका २ बाट दुबै जनालाई पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता ओमप्रकाश खनालले जनाकारी दिए ।

पक्राउ परेका दुबैजनालाई ईलाका प्रहरी कार्यालय पोखरियाको हिरासतमा राखि कारबाही प्रक्रिया अघि बढाइएको खनालले बताए ।

प्रकाशित : २०७८ भाद्र १३, आईतवार १५:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ