राष्ट्र बैंकले कानून विपरित १ अर्ब २४ करोड ४५ लाख भत्ता बाँडेको खुलासा


काठमाडौं : नेपाल राष्ट्र बैंकले सरकारको मितव्ययिता सम्वन्धी निर्देशिका पालना नगरेको महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनले देखाएको छ ।

नेपाल राष्ट्र बैंकले सरकारी खर्च मितव्ययिता सम्वन्धी निर्देशिका, २०७५ को बुँदा नम्बर २६ उल्घंन गर्दै १५ प्रकारका भत्ता वितरण गरेको प्रतिवेदनमा उल्लेख गरीएको छ । महंगी भत्ता, लुगा भत्ता र स्थानीय भत्ता बाहेक अन्य सबै प्रकारका भत्ता वितरणमा उक्त निर्देशिकाले रोक लगाएको छ ।

तर, नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७६/७७ मा निर्देशिका विपरित केन्द्रीय बैंक भत्ता , खाजा भन्ता, बार्षिकोत्सल भत्ता, क्लोजिङ्ग भत्ता , ईन्टरनेट भत्ता, आउटस्टेसन भत्ता, कर्मचारी कल्याण कोष सहित १५ प्रकारका भत्ता वापत १ अर्ब २४ करोड ४५ लाख ३२ हजार रुपैयाँ भुक्तानी गरेको महालेखा परिक्षकको प्रतिवेदनले देखाएको छ ।

नेपाल सरकारको निर्देशन पालना गर्न महालेखा परिक्षकको कार्यालयले नेपाललाई राष्ट्र बैंकलाई भनेको छ ।

प्रकाशित : २०७८ भाद्र १३, आईतवार १७:५२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ