जनकपुरधाम : धनुषाका विदेह नगरपालिका मेयर बेचन दासले आफ्नो घरायसी प्रयोजनका समानहरु नगरपालिकाकै बजेटबाट खरिद गरेको खुलेको छ ।
मेयर दासले आफ् नो घरमा बस्दै आएपनि नगरपालिकाबाट बक्सपलंङ्ग,लो बेड, एसी, फ्रिज, मेट लगायतका समानहरु नगरपालिकाकै बजेटबाट खरिद गरेको खुलेको छ । आफुलाई सर्वहाराको नेता भनेर रुचाउने मेयर दासले बक्स पलंङ्ग, लो बेड, एसी, फ्रिज लगायतका समानको लागि नगरपालिकाको १५ लाख २८ हजार खर्च गरेको महालेखा परीक्षक कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।
महालेखा परीक्षक कार्यालयले ऐन नियम विपरित उक्त रमक खर्च गरेको प्रश्न उठाएको छ । कोरोना कालमा संघीय सरकारले प्रदेश र स्थानीय तहलाई खर्च नियन्त्रण र मितव्ययी बनाउन निर्देशन दिएपनि विदेह नगरपालिका मेयरले घरयासी समान खरिदमा १५ लाख २८ हजार रुपैयाँ खर्चेको पाईएकोले स्थानीयवासी आश्चर्य चकित भएका छन् ।
केहिदिन अघि मेयर दासका भाईले गरिव विपन्नलाई बाख्रा वितरणको नाममा लाखौ रुपैयाँ अनियमितता गरेको सार्वजनिक भएको थियो । यता, मेयर दासले आफुले घरसायसी प्रयोजनको कुनै पनि समान नगरपालिकाबाट नलिएको दावी गरेका छन् । उनले भने,‘ म आफ्नो घरमा बस्दै आएको छु, घरमा नगरपालिकाबाट कुनै सुविधा लिएको छैन् । महालेखा परीक्षकको कार्यालयको प्रतिवेदन नै गलत हो ।
‘महालेखा परीक्षक कार्यालय होस् वा अख्यितार होस्, त्यसको प्रतिवेदन के भन्छन् मलाई थाहा छैन, मेयर दासले भने, ‘तपाई पत्रकारहरुलाई पनि जे मन लाग्छ, लेख्नुस् । मलाई कुनै फरक पर्दैनन् ।’ उनले पत्रकारसँग थप कुरा गर्न चाहेनन् ।