मधेशमा छिट्टै कब्जा जमाउने प्रचण्डको दावी


काठमाडौं : मधेसमा छिट्टै कब्जा जमाउने दावी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकल दाहाल ‘प्रचण्ड’ले गरेका छन् ।

सर्लाही–काठमाडौं सम्पर्क समितिले राजधानीमा सोमबार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले भने, ‘मधेसमा अरु पार्टीले होइन्, माओवादीले कब्जा जमाउनेछ । यसले मधेस र देशमा पनि बलियो सन्देश जानेछ ।’

माओवादी फेरि एक नम्बर पार्टी नभइ देशमा राजनीतिक स्थायित्व र विकास नहुने दावी समेत प्रचण्डले गरे । उनले अभियान लिएर गाउँ–गाउँ जान कार्यकर्तालाई आग्रह पनि समेत गरे ।

‘जबसम्म माओवादी फेरि एक नम्बर पार्टी हुँदैन तबसम्म यो देशमा स्थायित्व र विकास हुँदैन,’ उनले भने, ‘दलाल, जाली फटाहाले मधेसको मसिहा बनेर कसरी जनतालाई नै चुस्छन् भन्ने अभियान लिएर जानुहोस् ।’

प्रकाशित : २०७८ भाद्र १४, सोमबार १७:०६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ