राजबिराजमा खुल्यो लोसपाको जिल्ला कार्यालय


सप्तरी : महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजबादी पार्टी (लोसपा) नेपालले प्रदेश २ मै पहिलो पटक राजविराजम जिल्ला कार्यालय खोलेको छ ।

सप्तरी निर्वाचन क्षेत्र ३ का साँसद चन्द्रकान्त चौधरी र राष्ट्रिय सभा सदस्य शेखर सिंहले एक समारोहबीच सोमवार कार्यालयको उद्घाटन गरे । कार्यालय राजबिराज नगरपालिका ३ स्थित कर परामर्श कार्यालयको अगाडि रहेको छ ।

उद्घाटन समारोहमा जिल्ला समवन्य समिति सप्तरीका प्रमुख प्रभाकर यादव, लोसपा नेता तथा राजबिराज नगरपालिकाका पूर्व प्रमुख शैलेश चौधरी, लोसपा नेता जयप्रकाश ठाकुर, तिलाठी कोईलाडी गाउँपालिकाका अध्यक्ष सतिस कुमार सिंह, राजबिराज नगरपालिकाकाका उप-प्रमुख साधाना झा, छिन्नमस्ता गाउँपालिकाकी उपाध्यक्ष उषा मण्डल लगायतको उपस्थिति थियो ।

प्रकाशित : २०७८ भाद्र १४, सोमबार १९:२१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ