महोत्तरीमा बाढी पीडितलाई खाद्यान्न सहयोग


रञ्जन भण्डारी, महोत्तरी : गत शुक्रवार आएको बाढीले पिडित भएका बल्वा नगरपालिका ४ तिलगढ र पडौलका स्थानियहरुलाई राहत स्वरुप खाद्यान्न प्रदान गरिएको छ । यस क्षेत्रका प्रतिनिधी सभा सदस्य शरतसिंह भण्डारी र प्रदेश सभा सदस्य सुरीता साहद्वारा व्यक्तिगत तर्फबाट राहत स्वरुप खाद्यान्न सहयोग गरिएको हो ।

गत शुक्रवार आएको वाढीले सयौ स्थानियको घर भित्र भएको खाद्यान्न र अन्य सामग्री नष्ट भएपछि उनीहरुले राहत वितरण गरेका हुन । एकसय विस परिवारलाई वितरण गरिएको राहत सामग्रीमा दश किलो चामल, एक किलो दाल, एक लिटर खानेतेल, एक किलो नुन, पाँच किलो आलु, दुई किलो प्याज, दुई किलो चुरा, दुई सय ग्राम सोयाविन, एकपाउ चिनी लगायतका रहेको छ ।

प्रदेश साँसद सुरीता साहले थप बाढी पिडितलाई राहत वितरण गर्न तथ्यांक संकलन भैरहेको बताउदै उनले कुनै पनि बाढी पिडितलाई भोकै बस्न नदिने बताईन । उनी गाउ स्तरमै हरेक बाढी पिडितले राहत पाउन भनेर आफुहरुको तयारी रहेको बताउदै रातु नदीको प्रलयकारी विनासले हरेक वर्ष क्षति भैरहेकोमा तत्काल तटबन्ध मर्मत गर्न मांग गरिन ।

उनले स्थाई तटबन्ध निर्माण र नदीको डेप्थ बढाउने मात्र बाढीको विकल्प भएकोले संघिय र प्रदेश सरकारले बाढीबाट मुक्ति दिलाउन गम्भिर भएर लाग्नु पर्ने बताईन । पटक पटक बाढी आउदा र आफुहरुले समेत सरकारको ध्यानाकर्षण गराईरहदा बाढी जस्तो समस्याको समाधानको लागि सरकार गम्भिर नभएको प्रति उनले जनता रहे देश रहने भएकोले जनताको सुरक्षासंग खेलवाड नगर्न आग्रह गरिन ।

महोत्तरीमा रातु नदीमात्र नभई जंघा, विग्ही, अंकुशी, कान्तवा र मरहा लगायतका नदीहरुले समेत वर्षेनी बाढीको प्रकोप देखाईरहदा तटबन्धको पक्की निर्माण र नदीमा माटो बालुवा जमेर बढेको उचाई व्यवस्थापन नगरिदासम्म समस्या समाधान हुने देखिदैन । नदीलाई पुर्ण मर्मत गर्न झण्डै चार अर्व भन्दा वढीको खर्च लाग्ने भएकोमा नेपाल सरकारले वर्षेनी दुई चार करोड लगाउदा भए भरका तटबन्धहरु समेत टुटने अवस्थामा छन ।

प्रकाशित : २०७८ भाद्र १५, मंगलवार १४:२०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ