जनकपुरमा जनमत पार्टीको केन्द्रीय सचिवालय संचालन, डा. राउतद्वारा उद्घाटन


टुडेखोज, जनकपुरधाम : जनमत पार्टीले जनकपुरको भानु चोकमा केन्द्रीय सचिवालय सञ्चालनमा ल्याएको छ ।

आज एक समारोहबीच पार्टीको झण्डा फहराएर अध्यक्ष डा. सीके राउतले सचिवालय कार्यालयको उद्घाटन गरे । बाँकेका राम मनोहर यादव शहादन गरेको दिन पारेर सचिवालय सञ्चालन गरिएको छ ।

मधेसी नेता उपेन्द्र यादवलाई कालो झण्डा देखाएपछि पक्राउ परेका यादवको प्रहरी हिरासतमै ०७५ भदौं १५ मा निधन भएको थियो ।

सरकारले यादवलाई शहिद घोषणा नगरेपनि जनमत पार्टीले शहिद भन्दै आएको छ । डा. राउतले शहिदको सपना साकार पार्न संघर्ष जारी राखेको बताएका छन् ।

प्रकाशित : २०७८ भाद्र १५, मंगलवार १५:०७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ