लाइसेन्स परीक्षा भदौ २० गतेबाट खुल्दै


काठमाडौं : कोरोना संक्रमणको दर केही घटेसँगै सवारी लाइसेन्सका लागि आवेदन दिएका पुराना आवेदकहरूको परीक्षा सुरु हुने भएको छ । यातायात व्यवस्था विभागले यही भदौ २० गतेदेखि परीक्षा सञ्चालन गरिने जनाएको छ ।

कोरोना संक्रमणको दोस्रो लहरको जोखिमबाट जोगिन गत वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरेसँगै सवारी चालक अनुमति पत्रको परीक्षा रोकिएको थियो । विभागले वैशाख १६ गते पूर्व आवेदन दिएकाहरूको परीक्षा सञ्चाल गर्न मातहतका निकायलाई निर्देशन दिइसकेको छ ।

सबै यातायात व्यवस्था कार्यालयहरूलाई स्वास्थ्य मापदण्ड पालना गरी सवारी चालक अनुमति पत्रको परीक्षा सञ्चालन गर्न पत्राचार गरिसकिएको जानकारी यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिनुभयो ।

स्वास्थ्य मापदण्ड पालनाका लागि एक सिफ्टमा बढीमा २ सय जना परीक्षार्थीलाई मात्र सहभागी गराइनेछ । एउटा कोठामा २५ जना परीक्षार्थीमात्र राखिने विभागको तयारी छ । ६ लाख पुराना आवदेक परीक्षाको प्रतिक्षामा थिए ।

आवश्यक चालक अनुमति पत्र छाप्ने स्मार्ट कार्ड खरिदमा विलम्ब हुँदा नयाँको चाप थेग्न कठिन हुने देखेर पुराना आवेदकको मात्र परीक्षा लिन लागिएको महानिर्देशक घिमिरेले बताउनुभयो ।

प्रकाशित : २०७८ भाद्र १५, मंगलवार १९:२३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ