मेसु डा. सिंहलाई कालोमोसो दल्ने २ जना पक्राउ


दाङ : राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त मेडिकल सुपेरिटेन्डेन्ट डा. विनोद सिंहलाई दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

चार जनाको खोजी भइरहेको प्रहरीले जवाएको छ । डा. सिंहलाई युवाहरुको एक समूहले शुक्रबार दिउँसो कार्यकक्षमै मोसो दलेका थिए ।

घटनाको विरोधमा चिकित्सक तथा स्वास्थ्यकर्मी आइतबारदेखि इमर्जेन्सीबाहेकका सेवा बन्द गरी आन्दोलनमा उत्रिएका छन् । अहिले जिल्लाभर नियमित स्वास्थ्य सेवा बन्द छ ।

प्रकाशित : २०७८ भाद्र १५, मंगलवार १९:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ