स्रोत नखुलेको ३० लाख रुपैयाँ सहित दुई जना पक्राउ


काठमाडौं : स्रोत नखुलेको ३० लाख ७ हजार रुपैयाँ नगदसहित प्रहरीले काठमाडौंबाट दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले मंगलबार कुलेश्वर फलफूल बजारबाट काभ्रेको चौरीदेउराली गाउँपालिका–३ घर भई कुलेश्वरमा फलफूल पसल गर्ने ३४ वर्षीय मीनप्रसाद गौतम र रामेछापका सुनापती गाउँपालिका–१ घर भई कालीमाटीमा डेरा गरी बस्ने २१ वर्षीय रमेश तिमिल्सनालाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंकाअनुसार फलफूल व्यापारी मीनप्रसादले कुलेश्वर फलफूल बजारमा रहेको पसलमा हुण्डी कारोबार गरिरहेको सूचनाको आधारमा प्रहरी वृत्त कालीमाटीबाट खटिएको टोलीले खानतलासी गर्दा उक्त रकम फेला परेको हो ।

रकमको स्रोत खुलाउन नसकेपछि नगदसहित उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व कार्यालय हरिहर भवन पठाएको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७८ भाद्र १५, मंगलवार २०:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ