धनुषाका सिडिओ भन्छन्- स्थानीय तहले निर्णय गरी विद्यालय खोल्न पाउँछ


टुडेखोज, जनकपुरधाम : धनुषाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) बन्धु प्रसाद बास्तोलाले स्थानीय तहले कोरोनाको अवस्था हेरेर भौतिक रुपमै विद्यालय सञ्चालन गर्न पाउने बताएका छन् ।

उनका अनुसार स्मार्ट लकडाउन कार्यविधि २०७८ मा स्थानीय तहले कोरोनाको अवस्था हेरेर कक्षा ८ भन्दा माथिका कक्षा भौतिक रुपमै सञ्चालन गर्न पाउने निर्णय गर्न सकिने उल्लेख छ । उनले स्मार्ट लकडाउन कार्यविधि अनुसार स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय सञ्चालन गर्न सकिने बताए ।

कोरोना संक्रमणका कारण विद्यालयहरु लामो समयदेखि ठप्प छ । विद्यालय बन्द हुँदा विद्यार्थीहरुको भविष्य बिग्रिन लागेको छ । प्रदेश २ कै सिरहा र पर्साका केहि स्थानीय तहले भने विद्यालय सञ्चालनमा ल्याइसकेको छ ।

प्रकाशित : २०७८ भाद्र १६, बुधबार ०८:०९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ