औरही नगरपालिकाको भवन बनाउन काँग्रेस नेता रायद्वारा १४ कट्ठा जग्गा दान


टुडेखोज, जलेश्वर : नेपाली काँग्रेसका नेता महेन्द्र कुमार रायले औरही नगरपालिकाको भवन निर्माणका लागि १४ कट्ठा जग्गा दान गरेका छन् । उक्त जग्गा करोडौं रुपैया बराबरको रहेको छ ।

नेता रायले औरही नगरपालिका ८ टिम्कियाबाट श्रीपुर जाने सडकमा पर्ने जग्गा दान दिएका हुन् । मङ्गलबार नै नगर कार्यपालिकाका नाममा नेता रायले रजिष्ट्रेशन पास गरिदिएको नगरप्रमुख सुनिलकुमार यादवले बताए ।

काँग्रेस महोत्तरीका सभापति समेत रहेका राय जग्गा दान दिएपछि एकाएक चर्चामा आएका छन् । जग्गा अभावमा नगरपालिकाको कार्यालय भवन बन्न नसकेको सुनेपछि आफूले दान गरेको नेता रायले बताएका छन् ।

अब चाँडै आफूले दिएको जग्गामा कार्यालय भवन निर्माणको कामले गति लिने उनको विश्वास छ । नगरप्रमुख यादवले कार्यालय भवन निर्माणका लागि अब छिट्टै प्रक्रिया थालिने प्रतिवद्धता जनाएका छन् ।

जग्गा दान गरेकानेता रायले भने, ‘आखिर जन्मेपछि मर्नुपर्छ, साथमा केही जाने होइन, यो कुरा मनमा आएपछि घर सल्लाह गरेर जग्गा दान गरेँ ।’

प्रकाशित : २०७८ भाद्र १६, बुधबार ०८:३३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ