सर्लाहीका १ लाख ६८ हजार मानिस कोरोना खोप लगाउन सफल


सर्लाही : सर्लाहीमा अहिलेसम्म १ लाख ६८ हजार जनाले कोभिड-१९ कोरोना भाईरस विरुद्धको खोप लगाएका छन् ।

गत माघदेखि सुरु भएको खोप अभियानमा कोभिशिल्ड, भेरोसेल र जोन्सनको गरी विभिन्न चरणमा भएका खोप अभियानमा १ लाख ६८ हजार जनाले खोप लगाएका हुन् । जिल्लाका २० वटै पालिकाहरुमा गरी जम्मा १ लाख ६८ हजार जनाले खोप लगाएका जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. नवलकिशोर झाले जानकारी दिए ।

उनका अनुसार खोप लगाएकामध्ये १ लाख १६ हजार जनाले विभिन्न चरणमा चलाइएको खोप अभियानमा पहिलो र दोश्रो दुबै डोज खोप लगाईसकेका छन् । जिल्लाका ४८ हजार जनाले विभिन्न चरणमा भएको खोप अभियान अन्र्तगत अमेरिकी खोप उत्पादक कम्पनीको जोन्सन एण्ड जोन्सनको खोप लगाएका छन्, जुन एक डोज मात्र लगाउँदा पुग्छ ।

त्यस्तै चिनियाँ खोप भेरोसेल दिनका लागि दुई चरण गरी चलाईएको खोप अभियानमा पहिलो चरणमा जिल्लाका ११ हजार सात सय जना र दोश्रो चरणमा ५१ हजार जनाले खोप लगाएका पनि मेसु डा. झाले जानकारी दिए ।

प्रकाशित : २०७८ भाद्र १६, बुधबार १०:१९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ