प्रदेश २ : नवनियुक्त कृषिमन्त्री यादवले ग्रहण गरे पदभार


जनकपुरधाम : प्रदेश २ को अर्थ मन्त्रालयबाट भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा सरुवा भएका मन्त्री विजय यादवले पदभार ग्रहण गरेका छन् ।

उनले आज जनकपुरधामको मुरली चोकमा रहेको मन्त्रालय पुगेर पदभार सम्हालेका हुन् । मन्त्री यादवलाई मन्त्रालयका सचिव र अन्य कर्मचारीहरुले स्वागत गरेका छन् ।

कृषि मन्त्री शैलेन्द्र साहलाई अर्थ मन्त्रालय र अर्थमन्त्री यादवलाई कृषि मन्त्रालयमा हेरफेर गरेको थियो । दुवै मन्त्री जसपाका हुन् ।

प्रकाशित : २०७८ भाद्र १६, बुधबार ११:५२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ