कोरोनाबाट आज फेरी २० जनाको मृत्यु


काठमाडौं : पछिल्लो २४ घण्टामा मुलुकमा २०५२ जना कोभिड संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ९३५ नमुना (१० हजार ६१२ पीसीआर ४३२३ एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

बुधबार थप २० जनाको मृत्यु भएको छ । ३०३० जना निको भएका छन् । औषतमा संक्रमित पत्ता लाग्ने दर घटेर १५.५ प्रतिशत पुगेको छ । कर्णालीमा संक्रमित पत्ता लाग्ने दर ७७.८ प्रतिशत र प्रदेश १ मा २०.८ प्रतिशत छ ।

सक्रिय संक्रमित संख्या ३४ हजार १८९ रहेको छ । २० जिल्लामा सक्रिय संक्रमित संख्या ५०० भन्दा बढी छ । अहिलेसम्म १० हजार ७७० जनाको मृत्यु भएको छ ।

प्रकाशित : २०७८ भाद्र १६, बुधबार १६:५७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ