मोडल निशा घिमिरेको मृत्यु


काठमाडौं : मोडल निशा घिमिरेको मृत्यु भएको छ । नर्भिक अस्पतालमा उपचाररत मोडल घिमिरेको बुधबार साँझ ६ बजेर ५१ मिनेटमा मृत्यू भएको हो ।

‘अस्पतालको सीसीयूमा उनको उपचार भइरहेको थियो । ‘नर्भिकले गरेका सबै प्रयासका बाबजुद मोडल घिमिरेको निधन हुन पुगेकोमा हामी अत्यन्त दुःखी भएका छौं,’ नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

दुर्घटना घाइते भएकी निशालाई गम्भीर अवस्थामा घरमै रहेका बेला नर्भिक अस्पतालले २०७८ जेठ २७ गते उद्धार गरेको थियो । उद्धार गरी अस्पतालले निःशुल्क उपचार थालेको थियो ।

लगातारको उपचारपछि पनि उनको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउन सकेको थिएन । खाना पनि पाइपबाट खुवाउने गरिएको थियो भने उनका शरीरमा रहेका घाउहरु समेत लामो समयसम्म पुरिन सकेका थिएनन् ।

गम्भीर अवस्थामै रहेकी घिमिरेको मुटु र मृगौलाले काम गर्न छाडेपछि बुधबार बिहानदेखि अवस्था गम्भीर बन्न पुगेको थियो ।

प्रकाशित : २०७८ भाद्र १६, बुधबार २०:१५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ