Breaking : दाङमा खोलाले कार बगाउँदा ४ जनाको मृत्यु


दाङ : घोराही–लमही सडक अन्तर्गत सिस्नेखोलाले कार बगाउँदा ४ जनाको मृत्यु भएको छ ।

बुधवार राति १० बजेतिर प्र–३–०१–०२४ च ४४४० नम्बरको कार खोलाले बगाउँदा त्यसमा सवार घोराही उपमहानगरपालिका १३ का ४० वर्षीया रीता माया पुन, सोही ठाउँकी ३२ वर्षीया शुशिला श्रेष्ठ, घोराही १४ की अन्दाजी ३२ वर्षीया राधा कुँवर र घोराही १४ की करिब ४० वर्षीया बिमला केसीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले घटनामा चार जनाको मृत्यू भएको पुष्टि गरे । नेपालगंजबाट घोराहीतर्फ आउँदै गरेको कार करिब डेढ किलोमिटर तल बगेको बताइएको छ ।

कार चालक घोराही उपमहानगरपालिका १४ का ४३ वर्षीय नर बहादुर पुनको खुट्टा भाँचिएको छ । उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७८ भाद्र १७, बिहीबार ०८:३०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ