सिरहा : सामुदायिक वनको ५ विघा जग्गामा कर्मचारीद्वारा बृक्षारोपन


लहान : सिरहाको कर्जन्हा नगरपालिका ३ स्थित कमला देवी सामुदायिक वनमा कर्मचारीहरुले बुधवार बृक्षारोपन गरेका छन् ।

राष्ट्र सेवक कर्मचारी बृक्षारोपण अभियान २०७८ अन्तर्गत सामुदायिक वनको ५ विगहा जग्गामा बृक्षारोपन गरिएको छ । जिल्ला डिभिजन वन कार्यालय लहान र जिल्ला प्रहरी कार्यालय सिरहाको संयुक्त आयोजनामा उक्त सामुदायिक वनमा आँप, जानमुन, मसला, खयर र साल लगायतका विरुवा कर्मचारीहरुले रोपेका छन् ।

प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलको नेतृत्वमा गरिएको बृक्षारोपनमा डिभिजन वन कार्यालयका प्रमुख, विभिन्न सरकारी कार्यालयका कर्मचारीहरु, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय जनप्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित : २०७८ भाद्र १७, बिहीबार ०८:४४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ