पर्साका ३३ वर्षीय युवकको कोरोनाले ज्यान लियो


टुडेखोज, पर्सा : पर्सामा फेरी एक युवकको कोरोना भाइरसको संक्रमणबाट मृत्यू भएको छ । मृत्यू हुनेमा पोखरी नगरपालिका १ का ३३ वर्षीय युवक हुन् ।

वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत उनको बिहीवार राति मृत्यू भएको अस्पतालका कोभिड सँयोजक डा. उदय नारायण सिँहले जानकारी दिए । भदौं १० गते ति युवकमा कोरोना पुष्टि भएको थियो ।

पछिल्लो समय प्रदेश २ का जिल्लाहरुमा कोरोना संक्रमण घटेको छ । यद्दपि ५÷७ दिनको फरकमा कोरोनाले मानिसको ज्यान जाने गरेको देखिन्छ ।

प्रकाशित : २०७८ भाद्र १७, बिहीबार १०:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ