जनकपुरमा उपेन्द्र यादवले भने- महन्थजीलाई कस-कसले प्रयोग गर्ने हो खै ?


धनुषा : जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले २२ गतेपछि पार्टी सरकारमा सहभागी हुने बताएका छन् ।

‘कठिन परिस्थितिमा सरकार गठन भएको हो,’ यादवले भने,‘कठिन अवस्थामा बनेको सरकार २२ गते पछि पूर्णता पाउँछ । सरकार पूर्णता पाएपछि स्मुथ्ली अगाडि बढ्ने छ । अहिले गठबन्धन दलबीच भएको सहमतिअनुसार नै सरकार सञ्चालन भएको छ ।’ गठबन्धन दलहरुबीच मन्त्रालय बाँडफाँड विषयमा कुनै विवाद छैन,’ उनले भने ।

जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँगको भेटघाटमा अध्यक्ष यादवले महन्थ ठाकुर प्रयोग भइरहेको बताए । ‘कस–कसले महन्थजीलाई प्रयोग गर्ने हो खै रु’ यादवले भने, ‘जो आफै आफना खुट्टामा उभिन सक्दैन । त्यस्तासँग जसपाको कुनै प्रतिस्पर्धा हुने छैन ।’ जसपाका प्रदेश सांसदहरु सचेत रहेको र अन्य कसैले पनि तान्न नसक्ने यादवले दाबी गरे ।

जसपामा उपेन्द्र यादव निकटका प्रदेश २ सांसदहरु महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी९लोसपा०मा सनाखत गर्ने भएपछि सांसदहरुलाई रोक्न यादव जनकपुर आएका छन् ।

यादवनिकटका प्रदेश सांसद प्रह्लाद गिरी गोश्वामी र अन्य तीन जना प्रदेश सांसदसमेतले लोसपामा सनाखत गर्ने बुझिएको छ ।

प्रकाशित : २०७८ भाद्र १७, बिहीबार १३:१८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ