अब ट्राफिक जरिवाना ‘क्यूआर पे’बाटै तिर्न सकिने


काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक जरिवाना ुक्यूआर पेु मार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ ।

बिहीबार महाशाखाका एसएसपी जनक भट्टराईले यो व्यवस्थाको सुरुवात गरेका हुन् । महाशाखाका प्रमुख भट्टराईले दिनभर बैंकको लाइनमा बसेर जरिवाना तिर्नुपर्ने बाध्यता हटेको बताए ।

उनले भने, ‘चालक कारबाही परेपछि पैसा तिर्नलाई लामो समयसम्म लाइनमा बस्नुपर्ने बाध्यता छ, अब चालकले भोलिबाट सिधै ग्लोबल बैंकको क्यूआर पेबाट जरिवाना तिर्न सक्ने छन,यसले धेरै सहजता ल्याउने छ ।’

उनका अनुसार यस अघि पनि अनलाइनबाट पैसा भुक्तानी गर्ने व्यवस्था गरिएको थियो । तर ४० प्रतिशतले मात्रै सेवा लिने गरेको उनको भनाइ छ । यो सेवा ग्लोबल बैंकमा खाता भएकाले मात्रै लिन पाउने छन् ।

उनले भने, ‘अहिलेलाई ग्लोबलबाट मात्रै सेवा लिन सकिने छ,एक साताभित्रमा अरू ५० वटा बैंकबाट यस्तै सेवा पाउने व्यवस्था गर्ने छौँ, यो सुरुवात मात्रै हो ।’ उनले विस्तारै मेसिनबाट चिट काट्ने प्रविधिमा पनि जाने छ ।

प्रकाशित : २०७८ भाद्र १७, बिहीबार १५:५२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ