प्रदेश २ मा माधवलाई झट्का, दुई सांसद एमालेमै रहने


जनकपुरधाम : प्रदेश २ का सांसद सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङले माधव नेपालको साथ छाडेका छन् ।

पर्साको वीरगञ्जमा आज भएको नेकपा एमालेको प्रदेश कमिटी बैठकमा विश्वकर्मा र गुरुङ सहभागी भएका छन् ।एमालेका नेता एवं सांसद सत्यनारायण मण्डलले भने, ‘कमरेड सुन्दर बहादुर विश्वकर्मा र सीता गुरुङ हामीसँगै छन् ।’

एमालेका २१ सांसदमध्ये ११ सांसदले आज प्रदेश निर्वाचन कार्यालय जनकपुरधाम पुगेर नेकपा एकिकृत समाजवादीको पक्षमा सनाखत गरेका छन् ।

सनाखत गर्ने क्रममा सांसद शत्रुधन महतोले विश्वकर्मा र गुरुङ काठमाडौंमा रहेको बताएका थिए । सांसद विश्वकर्माको मोबाइल अफ छ भने सांसद गुरुङले फोन रिसिभ गरेकी छैनन् ।

प्रकाशित : २०७८ भाद्र १७, बिहीबार १६:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ