सर्लाहीका तीन स्थानीय तहका प्रमुखले रोजे लोसपा


काठमाडौं : सर्लाहीका तीन स्थानीय तहका प्रमुखले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजेका छन् ।

गोडैता नगरपालिकाका प्रमुख देवेन्द्रकुमार यादव, कौडेना गाउँपालिकाका अध्यक्ष रामप्रसाद राय यादव र ब्रहम्पुरी गाउँपालिकाका अध्यक्ष विनोदकुमार साहले जसपाको पक्षमा सनाखत गरेका हुन् ।

बिहीबार जिल्ला निर्वाचन कार्यालयमा पुगेर उनीहरुले लोसपामा सनाखत गरेका हुन् । भदौ २२ गतेसम्म सर्लाहीका अन्य जनप्रतिनिधिहरुले पनि जिल्ला निर्वाचन कार्यालयमा सनाखत गर्ने लोसपाले जनाएको छ ।

प्रकाशित : २०७८ भाद्र १७, बिहीबार १८:१८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ