महोत्तरी : पोखरीमा बेपत्ता पुरुषको लाश भेटियो


जनकपुरधाम : महोत्तरीको सोनमा गाउँपालिका ७ सुन्दरपुरस्थित पोखरीमा डुबेर वेपत्ता भएका एक पुरुषको आज विहान शव (लाश) फेला परेको छ ।

बेपत्ता भएका अन्दाजी ५० वर्षीय उपेन्द्र बैठाको लाश पोखरीमा फेला परेको प्रहरीले पुष्टि गरेको हो । उनी बिहीवार साँझ नुहाउने क्रममा बेपत्ता भएका थिए ।

सानी आमाको निधन भएपछि मलामी गएका बैठा पोखरीमा नुहाउन गएका थिए । तर उनको पनि पोखरीमा डुबेर मृत्यू भएको छ ।

प्रकाशित : २०७८ भाद्र १८, शुक्रबार १०:१०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ