अमेरिकी दूतावास अगाडि एमसिसीको विरोधमा प्रदर्शन गर्ने १२ युवा पक्राउ


काठमाडौं : अमेरिकी दूतावास काठमाडौं अगाडि अमेरिकी मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसिसी) विरोध गर्ने यूवाहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रदर्शनमा उत्रेका १२ यूवालाई प्रहरीले पक्राउ गरेको हो । एमसिसी खारेजी राष्ट्रिय अभियानको आह्वानमा यूवाहरु प्रदर्शन गर्न अमेरिकी दूतावास अगाडी पुगेका थिए ।

गत वर्ष असार १६ गतेभित्र संसदबाट पारित भइसक्नुपर्ने एमसिसीको विरोध भइरहेका कारण अझै पारित हुन सकेको छैन । उक्त परियोजनाले अमेरिकी हस्तक्षेप बढाउने भन्दै विरोध भइरहेको छ ।

प्रकाशित : २०७८ भाद्र १८, शुक्रबार १२:१८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ