भारतीय हस्तक्षेपविरुद्ध प्रदर्शन, मोदीको पुत्ला जलाइयो


काठमाडौं : माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) निकटको विद्यार्थी संगठनले भारतीय हस्तक्षेप बढेको भन्दै विरोध प्रदर्शन गरेको छ ।

विरोधको क्रममा प्रदर्शनकारीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएका छन् । अनेरास्ववियूको आव्हानमा काठमाडौं प्रदर्शनी मार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पसअघि प्रदर्शन गरिएको हो ।

विरोधमा उत्रिएकाहरूले सीमा अतिक्रमण बन्द गर, जयसिंह धामीलाई न्याय दे, भारतीय हस्तक्षेप मुर्दाबादलगायतका नारा लगाएका थिए ।

प्रकाशित : २०७८ भाद्र १८, शुक्रबार १६:४१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ