महोत्तरीमा करेन्ट लागेर एक महिलाको मृत्यू


जनकपुरधाम : महोत्तरीम करेन्ट लागेर एक महिलाको मृत्यू भएको छ । प्रहरीका अनुसार लोहारपट्टी नगरपालिका ७ की शोभा यादवको मटिहानी नगरपालिका २ बर्दाहास्थित माइतीमा करेन्ट लागेर मृत्यु भएको हो ।

पानी तान्ने मोटर चलाउन गएको बखत उनलाई शुक्रबार दिउँसो एक्कासी करेन्ट लागेको थियो । करेन्ट लागेर सिकिस्त भएकी २८ वर्षीया शोभालाई उपचारका लागि जनकपुरधामतर्फ लग्ने क्रममा बाटोमै मृत्यु भएको महोत्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी प्रकाश बिष्टले बताए ।

मृतकको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७८ भाद्र १८, शुक्रबार १९:१५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ