बीबीसी : दुवै हात नभएका चिनियाँ पौडी खेलाडी जेङ ताओले टोक्यो पाराओलिम्पिक्समा कीर्तिमान भङ्ग गर्दै चार स्वर्ण जितेपछि चर्चित बनेका छन् ।
‘छोरी, मलाई हेर – मसँग हात नभए पनि म चाहिँदो छिटो पौडिन सक्छु !’ एउटा पौडी जितेपछि जेङले छोरीका लागि राखेको भिडिओ सन्देशमा भनेका छन् । बाल्यकालमा करेन्ट लागेर दुवै हात गुमाएका जेङले फ्रीस्टाइल, ब्याकस्ट्रोक र बटरफ्लाई स्पर्धामा कीर्तिमान भङ्ग गर्दै स्वर्ण जितेका हुन् ।
उनले सबै एकल स्पर्धामा विश्व वा पाराओलिम्पिक्स कीर्तिमान भङ्ग गरेका छन् । बुधवार उनले ५० मि फ्रिस्टाइलमा पाराओलिम्पिक्स कीर्तिमानसाथ जितेको पदकको भने चिनियाँ सामाजिक सञ्जालमा धेरै चर्चा भएको छ ।
सो पदक चीनले सन् १९८४ मा भाग दिन थालेदेखि पाराओलिम्पिक्समा जितेको ५०० औँ स्वर्ण पदक रहेको बताइएको छ ।