जनकपुर : कोरोनाबाट मृत्यू भएका विमित परिवारले पाए भुक्तानी


जनकपुरधाम : कोरोना भाइरसको संक्रमणबाट मृत्यू भएका विमित एक व्यक्तिका परिवारलाई एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा जनकपुरले भुक्तानी गरेको छ ।

मृत्यू भएका भिखनीदेवी मण्डलको श्रीमानलाई इन्स्योरेन्स कम्पनीले १ लाख ४० हजार ७७२ रुपैयाँको चेक प्रदान गरेको हो । बार एशोसियसनको सभाहल, जनकपुरमा शुक्रवार आयोजित अभिकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिनेश कुमार श्रेष्ठले उनलाई चेक हस्तान्तरण गरेका छन् ।

उक्त इन्स्योरेन्स कम्पनीका अनुसार विमितले १ लाखको १५ वर्षे सुखी जीवन बीमा गराएको थियो । कोरोना संक्रमित विमितको मृत्यू ०७८ जेठ ५ मा भएको थियो ।

प्रकाशित : २०७८ भाद्र १९, शनिबार ०९:४४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ