जसकोबिरुद्व लडयौं, उपेन्द्र यादवले उसैलाई नेतृत्व सुम्पे : पूर्वमन्त्री अरगरिया


जनकपुरधाम : पूर्वमन्त्री एवं लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता उमाशंकर अरगरियाले जसपाको विरुद्ध लड्यौं, उसैलाई उपेन्द्र यादवले पार्टी सुम्पेको आरोप लगाका छन् ।

धनुषाको कमला नगरपालिकामा आयोजित कार्यकर्ता भेलाई सम्बोधन गर्दै पूर्वमन्त्री अरगरियाले मधेसको म्यान्डेड विपरित उपेन्द्र यादवले जनता समाजवादी पार्टी बाबुराम भट्टराईलाई सुम्पेको बताए । उनले भने, ‘पार्टीमा पहिलो नम्बरको अध्यक्ष भट्टराई र दोस्रो नम्बरको अध्यक्ष उपेन्द्र यादव छन् । यति मात्र होइन्, पार्टीको पाँच नम्बरसम्म एक जनामात्र मधेसीलाई राखिएको छ ।’

धनुषा क्षेत्र २ बाट निर्वाचित साँसद अरगरियाले पार्टीमा मनमानी गर्दै मधेश र मधेशीलाई बिर्सेकै कारण आफूहरु अलग भएर मधेशीको अधिकार दिलाउन लोसपा गठन गरेको बताए । उनले मधेसमा लोसपा सबन्दा ठूलो पार्टी बन्ने दावी पनि गरे ।

प्रकाशित : २०७८ भाद्र १९, शनिबार ११:५८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ