भगवानपुरका यादव परिवार न्यायका लागि भौँतारिदै


धर्मेन्द्र पासवान, लहान : दाजुभाइलाई नाता बिपत्ति बाड्नको लागि सिर्जना गरेको थियो । तर अहिलेको अवस्थामा यो उल्टो भयो, बिपत्ति नभएर दाजुभाइ अहिले सम्पत्तिको लोभमा एक अर्काको ज्यानको दुश्मन नै हुन पुग्छ ।

यस्तै घटना भएको छ सिरहाको भगवानपुर गाउँपालिका १ मा । जहाँ जग्गाको रिसिबिका कारण दुई महिना पहिलेदेखि अन्दाजी २८ वर्षीय जयप्रकाश यादवको परिवारलाई आफ्नै संधियार अन्दाजी ४५ वर्षीय सुर्य नारायण यादवको परिवारले गाली गलौजदेखि लिएर झैझगडा र कुटपिट गर्दै आइरहेको थियो । यो कुरालाई गाउँ समाजमा बसेर छलफल गरेर पनि विवाद साम्य भएन । विवाद झन विकराल रुप लिँदै गयो ।

कुरा हो भदौ २ गते बिहान ७ बजेको जय प्रकाश यादवले आफ्नो मोटरसाइकलमा श्रीमती र छोरा दुधे बालकसंग कहिँ जाँदै थियो । त्यतिकैमा नै सूर्य नारायण यादव र उनको परिवारको समूहले आफ्नै घर अगाडि मोटरसाइकलको साँचो खोसेर भुइँमा लडाइ ज्यान मार्ने उद्देश्यले आक्रमण गरेको जय प्रकाशले सञ्चारकर्मीहरुलाई बताएका छन् ।

उनका अनुसार त्यहीँबाट जसोतसो उम्केर भगवानपुरको प्रहरी चौकीमा गएर घटनाको सबिस्तार जानकारी गराएपछि पनि गाउँ समाजमा समेत हारगुहार मागे । त्यति मात्रै नभएर घर पुग्दा सूर्य नारायण लगायतको परिवारले घरमा जय प्रकाशको पत्नी जयन्ती यादव र आमा समुन्द्रा यादव माथि अंगभंग गरिदिने मनसायले आक्रमण भयो । जसमा समुन्द्रा यादव सख्त घाइते हुन पुगिन् ।

यादवको भगवानपुरको स्वास्थ्य चौकीमा उपचार सम्भव नभएपछि बिराटनगर रेफर गरेको थियो । उपचारको क्रममा समुन्द्रा यादवको देब्रे हात भाँचिएको देखिएको छ । पत्नीको यो अवस्था देखेर पति (जय प्रकाशको बुवा) शिव शंकर यादवलाई ब्रेन ह्यामरेज भयो ।

दुबै जनाको उपचार बिराटनगरमा भइरहेपनि ईलाका प्रहरी कार्यालयले घाउ जाँच समेतको मुद्दा दर्ता गर्न गर्न मानिरहेको थिएन । तर यो कुरा संचार माध्यममा आउने भएपछि मात्र ईलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) डा. तपन दाहालबाट घाउ जाँचको मुद्दा दर्ता गरिदिने आश्वासन पाएको पीडित जय प्रकाशले बताए ।

यता भने ईलाका प्रहरी कार्यालयका प्रमुख डा। दाहालका अनुसार घाउ जाँचको मुद्दाको निवेदन मुद्दा शाखा दर्ता भएन भन्ने आफु कहाँसम्म नआएको दावी गरे । उनले भने, ‘यदि मुद्दा शाखामा मुद्दा दर्ता गरेन भने म कहाँ आउनु पर्थ्यो ।’ उनीहरूको घरमा जग्गाको लागि अंश बन्डा नै झगडाको मुख्य जड भएको डिएसपी डा. दाहालको जिकिर रहेको थियो ।

प्रकाशित : २०७८ भाद्र १९, शनिबार १२:१९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ