सिरहा : अटो गाडीसहित ७५ लाखको औषधि बरामद


जनकपुरधाम : सिरहाको लहान नगरपालिका–१९ कटहा चौकबाट प्रहरीले अटो गाडीसहित ७५ लाख रुपैयाँभन्दा बढीको औषधी बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय लहानबाट खटेको प्रहरी टोलीलाई देखेर लु १ स ८००७ नम्बरको अटोलाई छाडेर चालक भागेका थिए । उक्त अटोमा खानतलासी गर्दा औषधीहरु बरामद भएको प्रहरीले जनाएको छ ।

औषधीहरू रिकल केटु–सेभेन १५ कार्टुन, ओथोकल ट्याब्लेट १० कार्टुन र केयरकल ट्याब्लेट औषधि ५ कार्टुन बरामद भएको छ । उक्त औषधीहरु ७५ लाख ५६ हजार ८०० बराबरको रहेको छ ।

भारतीय बजारबाट भन्सार छलेर ल्याएको उक्त औषधीहरु र अटो विहान करिब २ बजे बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७८ भाद्र १९, शनिबार १५:४४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ