साँसद टिकाउन जसपा प्रदेश २ संसदीय दलको बैठक बस्यो


टुडेखोज, जनकपुरधाम : साँसद तानातान भइरहेको बेला जसपा प्रदेश २ को संसदीय दलको बैठक बसेको छ । जनकपुरधामको बेलकम होटलमा जसपा अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्य संसदीय दलको बैठक बसेको हो ।

बैठकमा जसपाका नेताहरु राजकिशोर यादव, रेणु यादव, महेन्द्र राय यादव लगायतको पनि सहभागिता छन् । अहिले बैठकमा छलफल चलिरहेको छ । समसामयिक विषयमा छलफल गर्न संसदीय दलको बैठक बसेको साँसद एवं राज्यमन्त्री योगेन्द्र राय यादवले जानकारी दिए ।

जसपाका साँसद तान्न लोसपा अध्यक्ष महन्थ ठाकुर र नेताहरु जनकपुरधाममा बसेका बसेका छन् । लोसपा अध्यक्ष ठाकुर आएपछि जसपा अध्यक्ष उपेन्द्र यादव पनि तीन दिनदेखि जनकपुरमै छन् ।

जसपाका ५४ साँसद छन् । जसमध्ये १२ साँसद लोसपा पक्षमा सनाखत गरेका छन् । बाँकी साँसद तान्न लोसपाका नेताहरु लागिपरेका छन् ।

प्रकाशित : २०७८ भाद्र १९, शनिबार १६:३२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ