भाषण कला प्रभावकारी बनाउन र स्मरण शक्ति बृद्धि गर्न जेसीजको तालिम


जनकपुरधाम : जनकपुर जेसीजले इफेक्टिभ पब्लिक स्पिकिङ र मेमोरी वर्कशप तालिम सम्पन्न गरेको छ । इफेक्टिभ पब्लिक स्पिकिङ तालिम प्रमुख मनिष रमणद्वारा सम्पन्न भयो भने मेमोरी वर्कशप तालिममा इन्जिनियर धिरज पञ्जियारले प्रशिक्षण दिए ।

तालिममा ८६ जनाको सहभागीता रहेको थियो । भाषण कलालाई प्रभावकारी बनाउन र स्मरण शक्ति बृद्धि गर्न तालिम आयोजना गरिएको जनकपुर जेसीजका उपाध्यक्ष उपेन्द्र साहले जानकारी दिए ।

उनका अनुसार जेसीजको आस्थालाई आत्मसाथ गरी १८ देखि ४० वर्षका युवाहरुलाई नेतृत्व क्षमता विकास गरी समाजमा हस्तान्तरण गर्ने उदेश्य रहेको छ ।

प्रकाशित : २०७८ भाद्र २०, आईतवार ११:०६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ