प्रदेश २ : सांसद विश्वकर्मा र गुरुङ पनि माधव नेपालको पार्टीमा सनाखत गरे


जनकपुरधाम । नेकपा एमालेका सांसदद्वय सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङले पनि माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी रोजेका छन् ।

दुवै सांसदले आज जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालय पुगेर एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन् । उनीहरुलाई सांसद शत्रुधन महतोले निर्वाचन कार्यालय लगेका थिए ।

प्रदेश २ मा एमालेका २१ सांसद थिए । जसमध्ये ११ जनाले शुक्रबार नै एकीकृत समाजवादीको पक्षमा सनाखत गरिसकेका छन् । यस प्रदेशमा एमालेका ८ सांसद बाँकी छन् ।

प्रकाशित : २०७८ भाद्र २०, आईतवार १२:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ