सखुवा नन्कारकट्टीका अध्यक्षसहित १८ जनप्रतिनिधिले रोजे माधव नेपालको पार्टी


सिरहा : सिरहाको सखुवा नन्कारकट्टी गाउँपालिका अध्यक्ष केदार यादवसहितका जनप्रतिनिधि नेकपा (एकिकृत समाजवादी) रोजेका छन् ।

प्रदेश सांसद अशोक यादवको नेतृत्वमा जिल्ला निर्वाचन कार्यालय सिरहा पुगेका अध्यक्ष यादव सहितका जनप्रतिनिधि एकिकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन् ।

सखुवा नन्कारकट्टी गाउँपालिकामा अध्यक्ष र तीन वडाध्यक्षसहित १८ जनप्रतिनिधि नेकपा एमालेबाट निर्वाचित भएका थिए । एमालेबाट निर्वाचित १८ वटै जनप्रतिनिधि एकिकृत समाजवादी रोजेको यूवा नेता सुमेश यादवले जानकारी दिए ।

आज सिरहाका विभिन्न स्थानीय तहका ५३ जनप्रतिनिधि एकिकृत समाजवादी रोजेको बुझिएको छ । सिरहामा एमाले कमजोर देखिएको छ ।

प्रदेश २ प्रदेशसभामा पनि एमालेभन्दा माधव नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी बलियो देखिएको छ । एमालेका २१ सांसदमध्ये १३ सांसद एकिकृत समाजवादी रोजिसकेका छन् ।

प्रकाशित : २०७८ भाद्र २०, आईतवार १७:११

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ