नेपाल भारतसँग २-१ ले पराजित


काठमाडौं : भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण फुटबल म्याचमा नेपाल २-१ गोल अन्तरले पराजित बनेको छ ।

नेपालले राम्रो प्रदर्शन गरे पनि कमजोर फिनिसिङका कारण हार स्वीकार्न वाध्य भयो । नेपालका लागि तेज तामाङले सान्त्वना गोल गरे ।

माल्दिभ्समा अक्टोबरमा हुने साफ च्याम्प्यिनसिपको तयारी स्वरुप आयोजित भारतविरुद्धका दुईमध्ये बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेल १-१ गोलको बराबरीमा सकिएको थियो । तुलनात्मक रूपमा पहिलो खेलको तुलनामा राम्रो प्रदर्शन र गोलका अवसर पनि धेरै सिर्जना गरेको नेपाल फिनिसिङमा चुकेको थियो ।

पहिलो हाफमा भारतलाई बल पोसेसन होल्ड गर्न नदिएको र इन्टरसेप्सनलाई मुख्य हतियार बनाएको नेपालले गोलका लागि थुप्रै अवसर सिर्जना गरेको थियो । तर, नेपाली टोली फिनिसिङमा फितलो रहँदा हार टार्न सकेन ।

भारतका लागि फारुख चौधरी र कप्तान सुनिल क्षेत्रीले गोल गरेका थिए । यस्तै, २-० ले पछि परेको नेपालका लागि तेज तामाङले एक गोल फर्काएका थिए ।

प्रकाशित : २०७८ भाद्र २०, आईतवार १९:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ