दलित विकास समितिका उपाध्यक्ष बैठालाई हटाउन मुख्यमन्त्री राउतसंग माग


जनकपुरधाम : महिलामाथि अभद्र व्यवहार गरेको भन्दै प्रदेश २ का दलित विकास समितिका उपाध्यक्ष रामप्रवेश बैठालाई पदमुक्त गर्न माग गरिएको छ ।

आइतबार जनता समाजवादी पार्टी दलित मुक्ति महासंघ प्रदेश २ ले उपाध्यक्ष बैठालाई पदमुक्त गर्न माग गर्दै मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापनपत्र बुझाएको हो ।उपाध्यक्ष बैठाले जसपा प्रदेश समिति सदस्य ललिता दासमाथि समाजिक संजाल फेसबुकमार्फत अभद्र व्यवहार गरेका थिए ।

घटनाको ६ महिनापश्चात् बैठालाई पदमुक्त गर्न र कारबाहीको माग गरिएको हो । बैठाले जनता समाजवादी पार्टीको मधेस प्रदेश समिति सदस्य तथा समाजवादी दलित मुक्ति संगठन, मधेस प्रदेश समितिका सचिव ललिता दासलाई तथानाम अश्लिल गालीगलौज एवं अभद्र व्यवहार गरेको आरोप ज्ञापनपत्रमा लगाइएको छ ।

उपाध्यक्ष बैठाले फेसबुकमा म्यासेज पठाएर तथानाम गालीगलौज गरी पीडित दासको दाम्पत्य जीवन समेत धरापमा पार्ने दुस्साह गरेको आरोप लगाइएको छ । उनीमाथि २०७७ चैत ९ गते रातिको समयमा बदनियतपूर्ण तरिकाले सामाजिक सञ्जालमार्फत दाससँग गलत सम्बन्धको प्रस्ताव राखेको र अस्वीकार गर्दा गालीगलौजमा उत्रेको आरोप समेत लगाइएको छ ।

दलित अगुवा एवं जसपा दलित मुक्ति महासंघका प्रदेश अध्यक्ष विकास पासवान, महोत्तरीका वैदेही पासवान र रौतहटका उदय नारायण रामले बुझाएका हुन । – ईकागज

प्रकाशित : २०७८ भाद्र २१, सोमबार ०६:५४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ