नायब सुब्बाको अन्तर्वार्ता स्थगित


काठमाडौं : लोक सेवा आयोगले राजपत्र अनंकित प्रथम श्रेणी अर्थात् नायब सुब्बाको अन्तर्वार्ताका सम्पुर्ण कार्यक्रम स्थगित गरेको छ।

सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेश बमोजिम परीक्षा स्थगित गरिएको आयोगका उपसचिव प्रकाश गुरुङले आइतबार जारी गरेको सूचनामा उल्लेख छ।

आयोगका अध्यक्षस्तररीय बैठकको निर्णयले धनकुटा, जलेश्वर, काठमाडौं पोखरा, बुटवल, सुर्खेत र दिपायलबाट आर्थिक वर्ष २०७६-०७७ मा विज्ञापन भई २०७८-०५-११ गतेदेखि कम्प्युटर सीप परीक्षण सञ्चालन गरिएको राजपत्र अनङ्कित प्रथम श्रेणी ९अप्रा० को परीक्षा स्थगित भएको छ।

यस्तै नायब सुब्बा वा सो सरह पदका नेपाल प्रशासन सेवा (सामान्य प्रशासन, लेखा, राजश्व समूह) र व्यवस्थापिका संसद् सेवा, (सामान्य प्रशासन समूह)का २०७८-०५-२१ गतेदेखि अन्तर्वार्ता हुन बाँकी सम्पूर्ण कार्यक्रम स्थगित गरेको आयोगले जनाएको छ।

प्रकाशित : २०७८ भाद्र २१, सोमबार ०८:४६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ