बालआश्रमलाई खाद्यान्न, लुगा र शैक्षिक सामग्री सहयोग


जनकपुरधाम : नेपाल युवा समाज सेवा ग्रुपले सद्गुरु कविर बालआश्रम जनकपुरधामलाई लुगा, खाद्यान्न र शैक्षिक सामग्री सहयोग गरेको छ ।

ग्रुपले लुगा १४ सेट, चामल २५ किलो, आलु १० किलो, प्याज ५ किलो, दाल ५ किलो, काँपी १५ थान, पेन्सिल १४ थान र किचेनमा प्रयोग हुने मसालाहरु आश्रमलाई सहयोग गरेको हो ।

गु्रपका प्रदेश २ प्रतिनिधि मनोज भगत र नेकपा एकिकृत समाजवादीका यूवा नेता राजकिशोर यादवको उपस्थितिमा बालआश्रमलाई सहयोग सामग्री हस्तान्तरण गरे ।

अहिले बालआश्रममा दर्जनौं अनाथ बालबालिका छन् । ग्रुपका प्रतिनिधिहरुले ति बालबालिकाहरुलाई माला लगाएर सम्मान गर्नुका साथै लुगा समेत प्रदान गरेको छ ।

खाडी मुलुकमा काम गर्ने मजदुहरुले नेपाल यूवा समाज सेवा ग्रुप बनाएको छ । उक्त ग्रुपमा आवद्ध मजदुरहरुले कमाएको केहि प्रतिशत समाज सेवामा लगानी गर्छन् । उनीहरुले विभिन्न समस्यामा परेका व्यक्तिहरु र संघ संस्थालाई सहयोग गर्दै आएका छन् ।

प्रकाशित : २०७८ भाद्र २१, सोमबार १०:०६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ