प्रदेश २ : मनि ट्रान्सफरमा चोरी गर्न गएका युवकको करेन्ट लागेर मृत्यू !


टुडेखोज, पर्सा : चोरी गर्न मनि ट्रान्सफरमा पुगेका एक युवकको करेन्ट लागेर मृत्यू भएको छ ।

पर्साको धाबिनी गाउँपालिका ४ लंगडी चोकमा रहेको मनि ट्रान्सफको छतमाथि अन्दाजी २२÷२३ वर्षीय युवकको शव फला परेको हो । ति युवकको पहिचान खुल्न सकेका छैन । शव गन्हाइसकेको अवस्थामा आइतबार साँझ बरामद भएको थियो ।

घटना विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । चोरी गर्न गएका कारण उनको करेन्ट लागेर मृत्यू भएको प्रहरीको अनुमान छ । तर यस विषयमा कुनै ठोस प्रमाण फेला पर्न सकेका छैन ।

छतमा लगेर हत्या पनि गरेको हुनसक्ने अनुमान रहेकाले सो दृष्टिकोणबाट पनि प्रहरी अनुसन्धान गरिरहेको छ । तर मृतक युवकको पहिचान नखुल्न अनुसन्धान नै प्रभावित बनेको छ ।

शव सडेर गन्हाउन थालेपछि त्यहाँका मानिसले थाहा पाएको थियो । माथि गएर हेर्दा शव देखेपछि प्रहरीलाई खबर गरे । त्यसपछि प्रहरी पुगेर कानूनी प्रक्रिया पुरा गरी शव पोष्टमार्टमका लागि पठाएको छ ।

प्रकाशित : २०७८ भाद्र २१, सोमबार १०:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ