संखुवासभामा एकै घरका ६ जनाको ह’त्या


संखुवासभा : संखुवासभामा एकै घरका ६ जनाको ह’त्या भएको छ । जिल्लाको मादी नगरपालिका वार्ड नम्बर–१ खोला गाउँ उम्लिङका एकै घरका ६ जनाको ह’त्या भएको हो ।

गएराती तेजबहादुर कार्कीको परिवारका सदस्यलाई अज्ञात समूहले धारि’लो हति’यार प्रयोग गरी ह’त्या गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरि नायव उपरिक्षक लालध्वज सुवेदीले जानकारी दिए । उनका अनुसार घरमा रहेका सात परिवार मध्ये ६ जनाको हत्या भएको हो ।

सोमबार बिहान छिमेकीले सबैलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । धारि’लो हति’यार प्रहारबाट स्थानीय ५८ वर्षिय तेजबहादुर कार्की, ८० वर्षीया आमा पार्वता कार्की, ५६ वर्षीया श्रीमती मनमाया कार्की, २८ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाती दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्की मृत अवस्थामा भेटिएका थिए ।

उनीहरुको शव खोल्सा, बारीको कान्लामा भेटीएको थियो । जिल्ला प्रहरी कार्यालय संखुवासभाले घटनाको थप अनुसंधान भईरहेको जनाएको छ ।

प्रकाशित : २०७८ भाद्र २१, सोमबार १३:०२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ