बाबुरामले भने- एमसीसी पारित गरौँ


काठमाडौं : जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन र नेपाल सरकारबीच भएका सम्झौता एमसीसी कम्प्याक्ट पारित गर्नुपर्ने बताएका छन् ।

एमसीसीको पक्ष र विपक्षमा बहस भइरहेका बेला पूर्वप्रधानमन्त्री भट्टराईले एमसीसी संसदबाट अनुमोदन गर्नुपर्ने बताएका हुन् । ट्वीटरमा एक पोस्ट लेख्दै उनले एमसीसी र बीआरईलाई अगाडि बढाउनुपर्ने बताएका हुन् । उनले एसीसीमा राष्ट्रिय सहमति गर्नुपर्नेसमेत बताएका छन् ।

सत्तारुढ गठबन्धनको एक महत्वपूर्ण घटक जसपाका नेताको यो भनाइले सरकारले आसन्न संसद अधिवेशनबाट एमसीसी पारितको तयारी गरेको संकेत देखिएको छ ।

उनले लेखेका छन्, ‘यसमा राष्ट्रिय सहमति गरौं : उच्चस्तरीय राजनीतिकरकुटनीतिक वार्तामार्फत भारतसँगका सबै विवाद हल गरी असल छिमेकी बनौं, चीनसँगका BRI पारवहन लगायत सम्झौता कार्यान्वयन गरौं, अमेरिकासँग चिठी आदानप्रदान सहितःMCC कार्यान्वयन गरौं । युवा देशमा बसे र समृद्धि भए नै राष्ट्रियता बच्नेछ भन्ने बुझौं !’

प्रकाशित : २०७८ भाद्र २१, सोमबार १३:१५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ