अमेरिकी दूतावासअगाडि MCC विरुद्ध प्रदर्शन, ६ जना पक्राउ


काठमाडौं : अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (MCC)विरुद्ध दूतावासअगाडि प्रदर्शनमा उत्रेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

एमसीसीविरुद्ध प्रदर्शनमा उत्रिएका मोहन वैद्य नेतृत्वको नेकपा (माओवादी क्रान्तिकारी) निकट अखिल क्रान्तिकारीका ६ जनालाई दूतावासअगाडिबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलसहित ६ जना छन् ।

गजुरेलकाअनुसार पक्राउ पर्नेमा क्रान्तिकारीका महासचिव पेशल दाहालसहित महेश श्रेष्ठ, मिनप्रसाद गिरी, लक्ष्मण विक र नवराज तिवारी छन् । उनीहरूलाई महानगरीय वृतमा राखिएको छ ।

प्रकाशित : २०७८ भाद्र २१, सोमबार १३:५३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ