प्रदेश २ः सोनलले सनाखत गरेपछि लोसपामा सांसद संख्या १६ पुग्यो


जनकपुरधाम : प्रदेश २ का पूर्वमन्त्री एवं सांसद जितेन्द्र सोनल पनि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को पक्षमा सनाखत गरेका छन् ।

तत्कालिन राजपाबाट निर्वाचित सांसद सोनल जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालय पुगेर लोसपामा सनाखत गरेका हुन् । महन्थ ठाकुर पक्षको रहेको भन्दै मुख्यमन्त्री लालबाबु राउतले सोनललाई भौतिक पूर्वाधार विकास मन्त्रीबाट बर्खास्त गरेका थिए ।

यस अघि जसपाका १५ सांसद लोसपा पक्षमा सनाखत गरेका थिए । अब जसपामा ३८ सांसद बांकी छन् ।

प्रकाशित : २०७८ भाद्र २१, सोमबार १६:४९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ