माधव नेपालकै विद्यार्थी संगठनले जलाए गृहमन्त्रीको पुत्ला


काठमाडौं : गृहमन्त्री बालकृष्ण खाणको राजीनामा माग्दै नेकपा (एस) निकट विद्यार्थी संगठन अनेरास्ववियूले प्रदर्शन गरेको छ ।

सोक्रममा प्रदर्शनकारीले उनको पुत्लासमेत जलाएका छन् । मीनभवनस्थित नेपाल कमर्श क्याम्पसअगाडिको प्रदर्शनमा प्रहरीले सामान्य बल प्रयोग गरेको छ ।

भारतीय प्रधानमन्त्री र अमेरिकी सहायता परियोजना (एमसीसी) विरुद्ध नबोल्न विज्ञप्ति जारी गरेको भन्दै उनीहरूले गृहमन्त्रीको राजीनामा मागेका हुन् ।

विद्यार्थी नेता/कार्यकर्ताले एमसीसी खारेज गर्नुपर्ने, जयसिंह धामीलाई न्याय दिनुपर्नेलगायतका नाराहरू लगाएका छन् ।

प्रकाशित : २०७८ भाद्र २१, सोमबार १७:०२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ