शिक्षा र स्वास्थ्य क्षेत्रमा खर्च गर्न सरकारले साढे ११ अर्ब रुपैयाँ ऋण लिँदै


काठमाडौं : सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा खर्च गर्नका लागि अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाबाट साढे ११ अर्ब रुपैयाँ सहुलियत ब्याजको ऋण लिने भएको छ ।

मन्त्रिपरिषद्को बैठकले विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि पाँच अर्ब ५४ करोड रुपैयाँ र नेपाल स्वास्थ्य क्षेत्र व्यवस्थापन सुधार कार्यक्रमका लागि पाँच अर्ब ९४ करोड रुपैयाँको सहुलियतपूर्ण ऋण लिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

यस्तै बैठकले राष्ट्रिय जनगणना २०७८ को संशोधित तालिका स्वीकृत गरेको छ । यस्तै सरकारले दार्चुलाको छाङरुमा स्थापना भएका सशस्त्र प्रहरीका बीओपी र प्रहरी चौकीको ब्यारेक भवन बनाउन काठ उपयोग गर्न स्वीकृति दिने पनि निर्णय गरेको छ ।

प्रकाशित : २०७८ भाद्र २१, सोमबार १९:३८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ