लहानको जिनिस अस्पतालमा डाक्टरको लापरबाहीले बच्चाको मृत्यू !


टुडेखोज, लहान : सिरहाको लहानस्थित जिनिस अस्पतालमा डाक्टरको लापरबाहीले एक नवजात शिशुको मृत्यू भएको छ ।

अस्पतालमा लहान नगरपालिका ५ का आजाद अलिका २ दिने छोराको मृत्यू डाक्टरकै बदमासीले भएको आरोप लागेको हो । बच्चालाई सास फेर्न गाहे भएपछि उक्त अस्पतालमा भर्ना गराइएको थियो ।

डाक्टरले निको भइरहाल्छ चिन्ता गर्नुपदैन भन्ने आश्वासन दिएको थियो । बच्चालाई आइसियूमा राखेर उपचार गरियो । अवस्था राम्रो छ भन्दै आएका डाक्टरले अचानक बाहिर लग्न सुझाए । लगत्तै आफ्न्तले बच्चालाई लिएर जनकपुर प्रोदश अस्पताल पुगे । तर त्यहाँ पुग्दा तीन घण्टा अगावै बच्चाको मृत्यू भएको डाक्टरले भन्यो ।

बच्चाको मृत्यू भएपछि अस्पतालका डाक्टर डा. बिजेन्द्र यादव फरार भएको बुझिएको छ । डा. यादवकै लापरबाहीले भतिजाको मृत्यू भएको भन्दै उनीमाथि कडा कारबाही हुनुपर्ने सहजात अलीको माग छ ।

मृतक बच्चाका आफन्तले जिनिस अस्पतालमा तोडफोड समेत गरेका छन ।

प्रकाशित : २०७८ भाद्र २२, मंगलवार ०९:४९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ