जनकपुर : उपचार खर्च तिर्न नसकेपछि रामजानकी अस्पतालले छाडिदिए अढाइ लाख


जनकपुरधाम : एक दलित बच्चाको उपचार गर्दा भएको अढाई लाख रुपैयाँ जनकपुरधामस्थित राम जानकी अस्पतालले छाडिदिएको छ ।

महोत्तरीको मटिहानी नगरपालिकामा पर्ने मझौराकी अमृतादेवी सदा भदौं २ गते जनकपुरधाम स्थित प्रादेशिक अस्पतालमा बच्चा जन्माएकी थिइन् । तर बच्चाले साँस फेर्न नसक्ने भएपछि डाक्टरले अन्यत्र गर्न सुझाए । त्यसपछि भदौं ३ गते मध्यरातमा बच्चा लिएर अमृता राम जानकी अस्पताल पुगिन् । अस्पतालले भर्ना लिएर बच्चाको उपचार सुरु गर्यो ।

अस्प्तालका बालरोज विशेषज्ञ डा. हेमन्त शर्मा भन्छन्, ‘बच्चालाई साँस फेर्न गाहे भइरहेको थियो । बाँच्छन् भन्ने ग्यारेण्टी थिएन । यद्दपी हामीले रिस्क मोलेर उपचार सुरु गर्यौं र बच्चालाई बचायौं ।’

उनका अनुसार १९ दिन एनआइसियू, ७ दिन भेन्टिलेटर र ३ दिन सि–प्यापमा बच्चालाई राख्नुपरेको थियो । बच्चाको उपचार खर्च ६ दिन अगाडी नै करिब अढाई लाख रुपैयाँ भइसकेको थियो । तर अस्पताल प्रशासनले रुपैयाँ मागेपछि बच्चालाई छाडेर सबै घर गइहाले । त्यसपछि बाध्य भएर पैसा नलिने भन्दै बच्चा लग्न भनेपछि उनीहरु फर्केर आयो ।

‘गरिबीका कारण उपचार खर्च जुटाउन घर गएका थियौं’, बच्चाको नातामा सानी आमा पर्ने रितादेवी सदाले भनिन्, ‘तर पैसा ऋण पनि पाइएन । अस्पतालबाट फोन गर्दा रुपैया तिर्न नसक्ने भनेको थिए । अनी डाक्टरले �