प्रदेश २ सरकारले बनायो जनलोकपाल आयोग, नवनियुक्त पदाधिकारीले लिए शपथ


जनकपुरधाम : प्रदेश २ सरकारले प्रदेशमा आर्थिक सुशासन कायम गर्न प्रदेश जनलोकपाल आयोग गठन गरेको छ ।

अध्यक्षसहित तीन सदस्यीय रहेको उक्त आयोगमा नव नियुक्त  अध्यक्ष राम सहाय यादव, सदस्य शोभा महतो र राजकिशोर साहलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले पद गोपनीयताको शपथ ग्रहण गराएका छन् ।

उक्त अवसरमा मुख्यमन्त्री लालबाबु राउत, सभामुख सरोज कुमार यादव, उपसभामुख उपमा देव, प्रमुख सचिव हरि प्रसाद मैनाली सहित प्रदेश सरकारका सचिवहरुको उपस्थिति रहेको थियो ।

आयोगका नवनियुक्त पदाधिकारीहरुले ग्रमिण प्रशिक्षण केन्द्र मुजेलिया स्थित आयोगको कार्यालय पुगि आजै पदभार ग्रहण गरेका छन् ।

प्रकाशित : २०७८ भाद्र २२, मंगलवार १७:५३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ